काठमाडौं । हुन्डी र सुन तस्करी कारोबारमा जोडिएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको पशुपति ट्रेड कन्सर्नका मालिक अरुणकुमार यादव छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले यादवलाई बाराबाट नियन्त्रणमा लिएको हो ।
यादवले विगत एक वर्षको अवधिमा पेवेलबाट एक अर्ब १७ करोड र सजिलो पेबाट तीन करोड ३८ लाख रुपैयाँको कारोबार गरेको अनुसन्धानबाट खुलेको ब्यूरोले जनाएकाे छ ।
उनी पेवेल र सजिलो पे भुक्तानीका बाराका एजेन्ट रहेको प्रहरी दाबी छ ।
ब्यूरोले पेवेल र सजिलो पे भुक्तानीका सञ्चालक र कर्मचारीसहित ६ जनालाई यसअघि नै पक्राउ गरिसकेको छ । उनीहरू ब्यूरोको हिरासतमा छन् ।