काठमाडौं । मलामी गएका एक व्यक्ति पौडी खेल्ने क्रममा भेरी नदीमा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुर्खेतको पञ्चपुरी नगरपालिका– ११ का ५५ वर्षीय सज्जन कामी रहेका छन् ।
कुइनेस्थित भेरी कर्णाली दोभानमा मलामी गएका उनी नुहाउने क्रममा बेपत्ता भएको सुर्खेत प्रहरीले जनाएको छ । अहिले उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ ।