आयल निगम र ट्यांकर संघबीच सहमति, इन्धन ढुवानी सुरु

आयल निगम र ट्यांकर संघबीच सहमति, इन्धन ढुवानी सुरु

सोमवार, आषाढ ३ २०८१
सोमवार, आषाढ ३ २०८१
  • आयल निगम र ट्यांकर संघबीच सहमति, इन्धन ढुवानी सुरु

    काठमाडौँ । सात बुँदे माग राखेर आइतबारदेखि आन्दोलनमा और्लेको नेपाल पेट्रोलियम ट्यांकर संघ र नेपाल आयल निगमबीच सहमति भएको छ । सहमति भएसँगै संघले आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ ।

    उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार भएको वार्तामा संघमा आवद्ध ट्यांकर चालक र निगम सञ्चालक समितिबीच सहमति भएको हो । 

    यो सहमति भएपछि संघमा आवद्ध चालकहरुले आन्दोलन फिर्ता लिएका छन् । निगम र संघबीच ४ बुंदे सहमति भएको हो । सहमति पत्रमा निगमको तर्फबाट कार्यकारी निर्देशक चण्डिका भट्ट र संघको तर्फबाट अध्यक्ष ईश्वर लामाले हस्ताक्षर गरेका छन् ।

    यो सहमतिअनुसार नेपाल आयल निगमको नायब कार्यकारी निर्देशक वीरेन्द्र गोइतको अध्यक्षतामा एउटा अध्ययन समिति गठन गरिने र यो समितिले १५ दिनभित्रमा आफ्नो प्रतिवेदन बुझाउने छ । प्रतिवेदनको आधारमा चालकहरुले उठाएको उचित मागहरु निगमले सम्बोधन गर्ने सहमति भएको छ ।

    सहमतिअनुसार निगमले व्यवसायीहरुलाई दिदैं आएको पारिश्रमिक र सुविधा ट्यांकर चालक तथा सहचालकका साथै उक्त क्षेत्रमा कार्यरत श्रमिकहरुलाई उपलब्ध गराउने व्यवसायीले प्रतिबद्धता जनाएको छ ।

    आइतबारदेखि चालकहरुले ट्यांकरको साँचो ट्यांकर धनीलाई बुझाएर आन्दोलनमा ओर्लेका कारण इन्धनको लोड र ढुवानी पूर्ण रुपमा ठप्प भएको थियो ।

    साझा, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाबाहेक अन्य पम्पहरुले आइतबार तथा सोमबार इन्धन प्राप्त गर्न सकेका थिएनन् । इन्धनको मौज्दात नभएका कारण सोमबार निजी क्षेत्रका प्रायःजसो सबै पम्पहरु बन्द भएका थिए । साझा, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले इन्धनको लोड लिएर बिक्री बितरण गरे पनि ति पम्पहरुमा उपभोक्ताहरुको ठूलो लाइन लागेको थियो ।

    tre.webp

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij