पाँचखालमा स्विमिङ पुलमा डुबेर ५२ वर्षका पुरुषको मृत्यु

पाँचखालमा स्विमिङ पुलमा डुबेर ५२ वर्षका पुरुषको मृत्यु

सोमवार, आषाढ ३ २०८१
सोमवार, आषाढ ३ २०८१
  • पाँचखालमा स्विमिङ पुलमा डुबेर ५२ वर्षका पुरुषको मृत्यु

    काठमाडौं । काभ्रेको पाँचखालमा स्विमिङ पुलमा डुबेर एकजना पुरुषको मृत्यु भएको छ । आइतबार पाँचखाल नगरपालिका ७ शिखरपुरमा रहेको ह्वाइट बार रिसोर्टमा रहेको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा सोही ठाउँका ५२ वर्षीय उद्धब सापकोटाको मृत्यु भएको हो । 

    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पौडी खेल्ने क्रममा डुबेर गम्भीर बिरामी परेका सापकोटालाई उपचारको लागि आफन्तले धुलिखेल अस्पताल पुर्याएका थिए । 

    अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij