संवैधानिक परिषदद्वारा निर्वाचन आयुक्तमा कृष्णमान प्रधान सिफारिस

संवैधानिक परिषदद्वारा निर्वाचन आयुक्तमा कृष्णमान प्रधान सिफारिस

सोमवार, आषाढ ३ २०८१
सोमवार, आषाढ ३ २०८१
  • संवैधानिक परिषदद्वारा निर्वाचन आयुक्तमा कृष्णमान प्रधान सिफारिस

    काठमाडौं ।  निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस भएका छन् । आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको संवैधानिक परिषद्‌को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको हो ।

    सुशासन र निर्वाचन पद्धतिका बारेमा विज्ञता हासिल गरेका उनी २४ वर्षदेखि निरन्तर नेपाल कानुन समाजका कार्यकारी निर्देशक थिए ।

    त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका उनी नारिक समाजको आन्दोलन र विभिन्न अभियानमा सक्रिय थिए ।

    उनी निर्वाचन पर्यवेक्षण गर्ने संस्था जियोक र सविधान निगरानी समूहमा पनि सक्रिय थिए ।

    उनी एसियन नेटवर्क फर फ्रि इलेक्सन (एन्फ्रेल) मा पनि आवद्ध छन् । उनी राष्ट्रिय न्यायिक प्रतिष्ठानमा पनि आवद्ध छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहने परिषदमा विपक्षी दलका नेता शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र उपसभामुख राना सदस्य छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij