नेपाल समाजवादी पार्टीबाट सांसद महिन्द्र राय यादव निष्काशित

नेपाल समाजवादी पार्टीबाट सांसद महिन्द्र राय यादव निष्काशित

आइतवार, आषाढ २ २०८१
आइतवार, आषाढ २ २०८१
  • नेपाल समाजवादी पार्टीबाट सांसद महिन्द्र राय यादव निष्काशित

    काठमाडौं । प्रतिनिधिसभा सदस्य महिन्द्र राय यादव नेपाल समाजवादी पार्टीबाट निष्काशित भएका छन् । पार्टीले यादव लगायतहरुलाई  पदबाट हटाएको सूचना निर्वाचन आयोगमा अद्यावधिक भएको हो ।

    नेपाल समाजवादी पार्टीले आईतबार एक विज्ञप्ति जारी गरी पार्टीको विधान विपरितका गतिविधिमा लागेको उनीहरुलाई पार्टीबाट हटाउने निर्णय गरेको थियो । विज्ञप्ति अनुसार सांसद यादव सहित प्रदेश सांसद गंगानारायण श्रेष्ठ, रमेशप्रसाद यादव लगायतहरुलाई सदस्यबाट हटाइएको हो ।

    समाजवादी पार्टीले १२ जेठमा उनीहरुलाई पदबाट हटाउने निर्णय गरेको थियो । निर्णयपछि विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा पत्र पठाएको थियो । निर्वाचन आयोगले नेपाल समाजवादी पार्टीको पत्र अनुसार, ३० जेठ, २०८१ मा उनीहरुलाई सदस्यबाट हटाई विवरण अद्यावधिक गरेको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij