काठमाडौं । कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जना सञ्चालक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज पत्रकार सम्मेलन गरी संस्थाका अध्यक्ष, व्यवस्थापक र सदस्यहरुलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा तनहुँको ब्यास नगरपालिका वडा नम्बर ११ घर भई हाल काठमाडौंको गोकर्ण बस्ने कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापा, उनकी श्रीमती सजना राजकर्णिकार तथा सहकारी संस्थाका सदस्यद्वय ५३ वर्षीय भिमसेन महर्जन र ४७ वर्षीय सञ्जय सापकोटा छन् ।
सहकारीका सञ्चालकबाट २ अर्ब ८२ करोड २७ लाख रुपैयाँ अपचलन भएको बताइएको छ । उक्त सहकारीका पीडिट बचतकर्ताहरुको संख्या २ हजार ३५१ रहेका छन ।
उक्त सहकारीलाई सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयल गते माघ महिनामा समस्याग्रस्त घोषणा गरिकेको छ ।