भेरी नदीमा बेपत्ता भएका दुवै जना बालकको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो

भेरी नदीमा बेपत्ता भएका दुवै जना बालकको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो

आइतवार, आषाढ २ २०८१
आइतवार, आषाढ २ २०८१
  • भेरी नदीमा बेपत्ता भएका दुवै जना बालकको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो

    काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदीमा बेपत्ता भएका दुवै जनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ । असार १ गते नुहाउने क्रममा बेपत्ता भएका भुपेन्द्र केसी र विनोद केसीको शव सशस्त्र प्रहरीले आइतबार निकालेको हो ।

    सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रमेश बहादुर थापाको कमाण्डमा गएको १० जनाको गोताखोरले आइतबार साढे १२ बजेतिर भुपेन्द्र केसीको र करिब १ बजेतिर विनोद केसीको शव ३० फिट गहिराईबाट निकालेको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij