पाल्पामा जीप दुर्घटना हुँदा ९ जना घाइते

पाल्पामा जीप दुर्घटना हुँदा ९ जना घाइते

आइतवार, आषाढ २ २०८१
आइतवार, आषाढ २ २०८१
  • पाल्पामा जीप दुर्घटना हुँदा ९ जना घाइते

    काठमाडौं ।  पाल्पामा गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। आइतबार बिहान साढे ४ बजेतिर  निस्दी गाउँपालिका केन्द्रबाट राम्पुर फर्किंदै गरेको बा१५छ ५९४ नम्बरको स्कार्पियो निस्दी(–४ झ्याल्टुङ्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनाका घाइतेलाई प्राथमिक उपचारपश्चात थप उपचारका लागि प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा ल्याइएको प्रहरीले जनाएको छ । 

    घाइतेहरूको अवस्था मध्यम रहेको छ । गाडी आफै अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएको र चालकसहित ९ जना घाइते भएको प्रहरीले जनाएको छ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij