सात इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज

सात इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज

आइतवार, आषाढ २ २०८१
आइतवार, आषाढ २ २०८१
  • सात इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न सात अलग अलग इन्टरनेट सेवा प्रदायक कम्पनीको अनुमतिपत्र (लाइसेन्स) रद्द गरेको छ ।  आज एक सुचना जारी गर्दै इन्टरनेट तथा इमेलसहितको सेवा सञ्चालन गर्न अनुमति लिएका तर नवीकरण गर्न तोकिएको समयावधिभित्र दस्तुर नबुझाएपछि ७ कम्पनीको लाइसेन्स स्वतः रद्द भएको हो । 

    लाइसेन्स रद्द  भएका कम्पनीहरुमा वशिष्ठ केबल नेट प्रालि (मोरङ), इन्फो नेट टेक्नोलोजी प्रालि (मोरङ), सिम्पल इन्टेलिजेन्ट सिस्टम एन्ड टेक्नोलोजी प्रालि (जुम्ला), एशिया नेट कम्युनिकेसन प्रालि (झापा) रहेका छन् ।

    त्यस्तै, मिथिला डिजिटल नेपाल प्रालि (काठमाडौं), यस नेट नेपाल प्रालि(धनुषा) र  फास्ट स्पिड लिंक नेटवर्क प्रालि(गुल्मी) रहेका छन् । 

    प्राधिकरणका अनुसार दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम ती सात कम्पनीको लाइसेन्स स्वतः रद्द भएको हो । प्राधिकरणले लाइसेन्स रद्द हुनुअघि सेवाप्रदायकले नेपाल सरकार तथा प्राधिकरणलाई नियमानुसार तिर्न बाँकी रकमसमेत ३० दिनभित्र बुझाउन पनि निर्देशन दिएको छ । 

    NTA.jpg

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij