रौतहटमा एकै दिन २ जना युवाको शव फेला, हत्या भएको आशंका

रौतहटमा एकै दिन २ जना युवाको शव फेला, हत्या भएको आशंका

आइतवार, आषाढ २ २०८१
आइतवार, आषाढ २ २०८१
  • रौतहटमा एकै दिन २ जना युवाको शव फेला, हत्या भएको आशंका

    काठमाडौं । रौतहटका अलग–अलग  स्थानमा एकै दिन दुई युवाको शव फेला परेको छ । शनिबार रौतहटस्थित गौर नगरपालिकाका २० वर्षीय राहुल मेहता र रोहित सहनी रहेका छन् । 

    सुरुमा गौर नगरपालिका वडा नं.५ का २० वर्षीय राहुल मेहताको शव बाग्मती नदी किनारमा फेला परेका थिए । त्यसको केही घण्टा पश्चात गौर नगरपालिका वडा नं. ४ का २० वर्षीय युवक रोहित सहनीको शव लालबकैया नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    मृतकका परिवारका सदस्यहरुले हत्या भएको भन्दै दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गरेका छन । प्रहरीले भने शव फेला परे पनि हत्या भएको हो वा अन्य कुनै कारणले उनीहरुको मृत्यु भएको हो भन्नेबारे अनुसन्धानपछि मात्र पुष्टि हुने जनाएको छ ।

    गौर नगरपालिका वडा नं. ५ का अध्यक्ष शिवशंकर यादवले भने मृतक राहुल मेहताको शरीरका कपडा तथा चप्पल बाग्मती नदी किनारको झाडीमा भेटिएको र मुखबाट रगत बगेको प्रष्ट देखिएकाले उनको हत्या भएको आशंका गरेका छन् ।

    यसैगरी गौर नगरपालिका ४ मा रहेको लालबकैया नदी किनारको केराघारीमा मृत फेला परेका रोहित सहनीको पनि हत्या भएको हुन सक्ने जनाइएको छ । यसका साथै राहुलले लगाएको सर्ट उसको घाँटी निर बेरिएको छ, अण्डकोष, नाक र आँखाबाट रगत बगेको छ भने शव फेला परेको स्थान केराघारीमा घिसारिएका दागहरु पनि छन्  । घटनास्थलको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने भन्दै उनले प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गर्नुपर्ने जनाइको छ । 

    घटनाका सम्बन्धमा परिवारजनले दिएको सूचनाका आधारमा शंकास्पद व्यक्तिहरुको खोजी तथा अनुसन्धान भने गरिरहेको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij