बारामा क्याम्पस प्रमुख हत्यामा संलग्न रहेको आशंकामा दुई व्यक्ति पक्राउ

बारामा क्याम्पस प्रमुख हत्यामा संलग्न रहेको आशंकामा दुई व्यक्ति पक्राउ

शनिवार, आषाढ १ २०८१
शनिवार, आषाढ १ २०८१
  • बारामा क्याम्पस प्रमुख हत्यामा संलग्न रहेको आशंकामा दुई व्यक्ति पक्राउ

    काठमाडौं । बाराको राजाराम बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको गोली प्रहार गरी हत्या गरिएको प्रकरणमा प्रहरीले दुई जना शंकास्पदलाई पक्राउ गरेको छ । पक्राउ पर्नेको संलग्नता यकिन गर्ने काम भइरहेको भन्दै प्रहरीले नाम खुलाएको छैन । 

    शुक्रबार साँझ ५ बजेतिर कुशवाहामाथि मोटरसाइकलमा आएको तीन जनाको समूहले गोली प्रहार गरेको थियो । गम्भीर घाइते उनको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

    जग्गा कारोबार सम्बन्धी विवादमा हत्या भएको हुनसक्ने आशंका गरिएको छ । गोली प्रहारमा संलग्नहरु मृतकको चिनजानकै व्यक्ति हुनसक्ने प्रहरी बताउँछन् 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij