मनसुन सक्रिय भएपछि मात्र मेलम्चीको पानी बन्द हुने

मनसुन सक्रिय भएपछि मात्र मेलम्चीको पानी बन्द हुने

शनिवार, आषाढ १ २०८१
शनिवार, आषाढ १ २०८१
  • मनसुन सक्रिय भएपछि मात्र मेलम्चीको पानी बन्द हुने

    काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी तत्काल बन्द नहुने भएको छ । यसअघि आजदेखि मेलम्चीको पानी काठमाडौं नआउने गरी बन्द गर्ने तयारी भएकोमा तत्कालका लागि मनसुन सक्रिय नहुँदासम्म बन्द नगरिने भएको हो । मनसुनजन्य विपत्तीबाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउन सरकारले वर्षा शुरु भएसँगै बन्द गर्ने र वर्षा अन्त्य भएसँगै खोल्ने गर्दै आएको छ ।

    मनसुन सक्रिय भएर मेलम्ची आयोजनामा ठूलो क्षति पुग्ने सम्भावना देखिएमा जुनसुकै समयमा बन्द गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएकाे छ । दैनिक १७ करोड लिटर पानी उपत्यकाबासीलाई वितरण गरिने भनिए पनि अहिले मेलम्ची आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भैरहेको छ ।

    दुई वर्षअघि मेलम्ची खोलामा आएको बाढीले आयोजनामा झण्डै दुई अर्ब मूल्य बराबरको क्षति पुगेको थियो । गएको साउन २८ र २९ गतेको बाढीले पनि आयोजनाको संरचनामा क्षति पुगेको थियो । काठमाण्डौमा दैनिक ४३ करोड लिटर खानेपानी माग भएपनि आवश्यकताअनुसार आपूर्ति हुन सकेको छैन ।

    उपत्यकामा बढ्दो जनसङ्ख्यासँगै भूमिगत पानी, पोखरी, ढुङ्गेधारा सुक्दै जाँदा खानेपानी अभाव छ । उपत्यकामा मेलम्चीको खानेपानीले आपूर्ति व्यवस्थापन मात्रै नगरेर जमिनमुनिको पानीको सतह बढाएको उपत्यका खानेपानी व्यवस्थापन बोर्डले जानकारी दिएकाे छ । बोर्डकाअनुसार उपत्यकामा रहेका आठ सय ३७ ओटा ढुङ्गेधारामध्ये एक सय १७ वटा ढुङ्गेधारा लोप भइसकेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij