काठमाडौं । काठमाडौं महानगरपालिकाले तीनकुनेमा रहेको जग्गा अतिग्रहणका लागि नेपाल सरकार र काठमाडौं महानगरपालिकाको लागत साझेदारीमा मुआब्जा वितरण गर्ने जनाएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले आज बसेको नगरसभाको १५औँ अधिवेशनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति कार्यक्रममा उक्त स्थानमा रहेको जग्गाको मुआब्जा वितरण गर्ने जानकारी दिएका हुन् । काठमाडौं महानगरपालिका–३२ तीनकुनेमा रहेको जग्गाका लागि काठमाडौं महानगरपालिकाले आगामी बजेटमा बजेटको व्यवस्था गर्ने उनले बताए।
त्यसैगरी, काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा संरक्षणका लागि आवश्यक पहल गर्ने, खुला मञ्चलाई खुला व्यायाम र खेलकुदस्थलका रूपमा विकास गर्ने पनि काठमाडौं महानगरपालिकाले जनाएको छ ।
मातहतका सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाई खुलास्थानका रूपमा विकास गर्ने र महानगरलाई सूचना प्रविधि हबका रूपमा विकास गरिने काठमाडौं महानगरपालिकाको नीति छ ।