काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र धूम्रपान, मद्यपान र लागु औषध प्रयोगमा पूर्ण बन्देज लगाउने भएको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख बालेन शाहले यस्तो घोषणा गरेका हुन् । साथै, जंक फुड प्रयोगलाई समेत निरुत्साहित गरिने उनले बताए ।
महानगर क्षेत्र भित्रिने खाद्य पदार्थको गुणस्तर र स्वच्छता कायम गर्न आवश्यक प्रबन्ध मिलाइने उनले बताए । महानगरभित्रका स्वास्थ्य संस्थाको दर्ता प्रक्रियालाई सूचनाप्रविधिमा आधारित बनाइने समेत उनले बताए ।
बहुआयामिक शहरी गरिबी निवारणका लागि लक्षित कार्यक्रम ल्याइने समेत उनको भनाइ छ । ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई निवासमै आधारभूत औषधि उपचार तथा फलोअपको व्यवस्था मिलाइने पनि उनले बताए । यस्तै, ूकाठमाडौंको सभ्यता र इतिहाससँग जोडिएको टुकुचा खोला खुला गरी प्राकृतिक रूपमा बग्न दिन र संरक्षण गर्न विशेष परियोजना संचालन गरिनेछ,ू उनले भने ।
मेयर बालेनले काठमाडौं महानगर क्षेत्र भित्रिने खाद्य पदार्थको गुणस्तर र स्वच्छता कायम गर्न आवश्यक प्रबन्ध मिलाइने पनि घोषणा गरे । उनले महानगरभित्रका स्वास्थ्य संस्थाको दर्ता प्रक्रियालाई सूचना प्रविधिमा आधारित बनाइने पनि बताए ।