काठमाडौं । झापामा दुई जना बच्चा र आमा मृत फेला परेका छन्। शुक्रबार बिहान शिवसताक्षी नगरपालिका–३ स्थित एक घरमा दुई जना बच्चा र आमा मृत फेला परेका हुन् ।
आमा अन्जली बेस्रा, उनका ७ वर्षीय जेठा छोरा विशाल र कान्छा छोरा २ वर्षीय आयुष मृत फेला परेका हुन्। आमा झुन्डिएको अवस्थामा फेला परेकी हुन्। विशाल र आयुष बेडमा मृत भेटिएका हुन्।
घटनास्थलमा बमिट गरिएको समेत देखिएको छ । विषादीको गन्ध आइरहेको प्रहरीले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।