नेपाल प्रहरीका ४ जना एसएसपीको पदस्थापन, को कहाँ ?

नेपाल प्रहरीका ४ जना एसएसपीको पदस्थापन, को कहाँ ?

शुक्रवार, जेठ ३२ २०८१
शुक्रवार, जेठ ३२ २०८१
  • नेपाल प्रहरीका ४ जना एसएसपीको पदस्थापन, को कहाँ ?

    काठमाडौं ।  प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका ४ प्रहरी अधिकृतको पदस्थापन गरिएको छ । बिहीबार गृह मन्त्रीस्तरीय निर्णयटबाट चार एसएसपीको पदस्थापन गरिएको हो । 

    एसएसपी श्यामकृष्ण अधिकारीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको शान्ति सुरक्षा महाशाखा, धनगढी कैलालीमा पदस्थापन गरिएको छ । रवीन्द्र रेग्मीलाई गण्डकी प्रदेश प्रहरी कार्यालयको शान्ति सुरक्षा महाशाखा पोखरामा पदस्थापन गरिएको छ ।

    भीम बहादुर दाहालको भने कोशी प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान नियन्त्रण तथा अनुसन्धान महाशाखा विराटनगरमा पदस्थापन भएको छ । नान्तिराज गुरुङलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा काज सरुवा गरिएको छ ।

     

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij