ओखलढुङ्गाका वडाध्यक्ष कार्कीको निधन

ओखलढुङ्गाका वडाध्यक्ष कार्कीको निधन

बिहिवार, जेठ ३१ २०८१
बिहिवार, जेठ ३१ २०८१
  • ओखलढुङ्गाका वडाध्यक्ष कार्कीको निधन

    काठमाडौँ । ओखलढुङ्गाका एक वडाध्यक्षको निधन भएको छ । जिल्लाको मोलुङ गाउँपालिका-५ का वडाध्यक्ष गोपीकृष्ण कार्कीको निधन भएको हो । 

    ५० वर्षीय वडाध्यक्ष कार्कीको बुधबार बेलुका त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी हड्डीको क्यान्सरबाट पीडित  रहेका थिए । कार्कीका श्रीमतीसहित एक छोरा, एक छोरी रहेका छन् । कार्की गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए । 

    वडाध्यक्ष कार्कीको निधनको शोकमा मोलुङ गाउँपालिकाले बिहीबार गाउँपालिका अन्तर्गतका सबै कार्यालयमा शोक बिदा दिने निर्णय गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij