मौसम बिग्रेपछि नेपाली क्रिकेट टोलीको वेस्ट इन्डिज उडान रद्द

मौसम बिग्रेपछि नेपाली क्रिकेट टोलीको वेस्ट इन्डिज उडान रद्द

बिहिवार, जेठ ३१ २०८१
बिहिवार, जेठ ३१ २०८१
  • मौसम बिग्रेपछि नेपाली क्रिकेट टोलीको वेस्ट इन्डिज उडान रद्द

    काठमाडौं । अमेरिकामा लगातार पानी परेर मौसम खराब भएपछि नेपाली क्रिकेट टोलीको उडान रद्द भएको छ । उडान रद्व हुंदा आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न वेस्ट इन्डिज उड्न लागेका नेपाली खेलाडी अमेरिकामै रोकिएका छन् ।

    निरन्तर वर्षाका कारण अन्तर्राष्ट्रिय उडान रद्द भएपछि नेपाली क्रिकेट टोलीको यात्रा पनि प्रभावित भएको बताइएको छ । नेपाल आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणका २ खेल खेल्न नेपाली टिम बुधबार वेस्ट इन्डिज जाने तालिका थियो ।

    वेस्ट इन्डिजमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्ने तालिका छ । भारी वर्षाका कारण मंगलबार श्रीलंका र नेपालबीचको खेल पनि रद्द भएको थियो ।

    नेपाल आईसीसी टी–२० विश्वकपअन्तर्गत पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

    अमेरिकाको दक्षिणी क्षेत्र फ्लोरिडामा भारी वर्षा भइरहेको छ । लगातार पानी परेपछि अमेरिकी सरकारले सूचना जारी गरेको छ । यो साताको अन्तिमसम्म वर्षा जारी रहने सम्भावना भएकाले फ्लोरिडा लगायत क्षेत्रमा आँधिबेहेरीसहित बाढी आउन सक्ने भन्दै सरकारले सचेत गराएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij