यस्तो छ आज बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची

यस्तो छ आज बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची

बिहिवार, जेठ ३१ २०८१
बिहिवार, जेठ ३१ २०८१
  • यस्तो छ आज बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची

    काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकको संघीय संसद सचिवालयले  सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । उक्त बैठक आज विहान ११ बजे गरि सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।

    प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत तीन मन्त्रालय अन्तर्गत विभिन्न शीर्षकमा छलफल हुनेछ ।

    संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अन्तर्गत आज उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।

    प्रतिनिधिसभामा यही जेठ २९ गतेदेखि विनियोजन विधेयकमाथि छलफल प्रारम्भ भएको थियो । हिजोको बैठकमा सहरी विकास, रक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो ।

    Untitled.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij