मेची भन्सारद्वारा ११ अर्ब ५९ करोड रुपैयाँ राजस्व सङ्कलन

मेची भन्सारद्वारा ११ अर्ब ५९ करोड रुपैयाँ राजस्व सङ्कलन

आइतवार, जेठ ६ २०८१
आइतवार, जेठ ६ २०८१
  • मेची भन्सारद्वारा ११ अर्ब ५९ करोड रुपैयाँ राजस्व सङ्कलन

    भद्रपुर । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा ११ अर्ब ५९ करोड ३७ लाख ३४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षको तुलनामा यसवर्ष १ करोड ८७ लाख १३ हजार रुपैयाँ कम राजस्व सङ्कलन भएको हो । 

    मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आर्थिक बर्षको वैशाखसम्म गत आर्थिक बर्षको तुलनामा चियामा १६ दशमलव १२ र अलैँचीमा चार दशमलव ६५ प्रतिशत निर्यात घटेको छ । उनले भने “पछिल्लो समय भेनियस सिटसहित फलामको पाता, प्लाइउड, छुर्पी, अम्रिसो, अदुवालगायतका निर्यात बढेको छ” । 

     भन्सार कार्यालय काँकडभिट्टाका अनुसार पेट्रोल, फलामका सामग्री र फलफूलको जुसलगायतको आयातमा सामान्य वृद्धि भए पनि डिजेल, तरकारी, जुट, जिप्सम, कपडा एलपिजीलयायतका सामग्रीको आयात गत आवको पहिलो दश महिनाको तुलनामा घटेको हो ।

    भन्सार कार्यालय काँकडभिट्टामा चालु आवको वैशाखसम्ममा गत आर्थिक बर्षको तुलनामा आयात ८.२४ प्रतिशतले घटेको हो । निर्यात ११.३८ प्रतिशतले बढेको सूचना अधिकारी कँडेलले जानकारी दिए । उनका अनुसार पछिल्लो दश महिनामा ३६ अर्ब ५३ करोड ७० लाख ३८ हजार रुपैयाँ बराबरका वस्तु आयात भएको छ भने २० अर्ब २६ हरोड ७८ लाख १८ हजार रुपैयाँ मूल्य बराबरका सामग्री निर्यात भएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij