बाँकेको जमुनाहा नाका आज रातिदेखि दुई दिनका लागि बन्द

बाँकेको जमुनाहा नाका आज रातिदेखि दुई दिनका लागि बन्द

शनिवार, जेठ ५ २०८१
शनिवार, जेठ ५ २०८१
  • बाँकेको जमुनाहा नाका आज रातिदेखि दुई दिनका लागि बन्द

    नेपालगञ्ज  । बाँकेको नेपाल–भारत जमुनाहा नाका आजदेखि २ दिनका लागि बन्द हुने भएको छ । 

    भारतको उत्तरप्रदेश राज्यको बहराइच जिल्लामा हुन लागेको लोकसभा निर्वाचनका लागि सीमानाका आज राति साढे १० बजेबाट सोमबार बेलुका ५ बजेसम्म दुई दिन बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय, बाँकेले जनाएको छ । भारतमा सोमबार निर्वाचन हुँदैछ । 

    खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौतीलाई मध्यनजर गरी  भारतीय सुरक्षा निकायबाट पत्राचार भएअनुसार सीमानाका बन्द गर्न लागिएको बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिए । नेपाल र भारत दुवै देशमा विभिन्न तहका निर्वाचन हुने समयमा विगतमा पनि सीमा नाका बन्द हुँदै आएका थिए । 

    यसअघि गत साता पनि भारतको बहराइच जिल्लाको बहराइचमा निर्वाचन भएकाले ७२ घण्टाका लागि जमुनाहा नाका बन्द गरिएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij