ललितपुरमा चोरीमा संलग्न सुन र मोबाइल पसलका सञ्चालकसहित ६ जना पक्राउ

ललितपुरमा चोरीमा संलग्न सुन र मोबाइल पसलका सञ्चालकसहित ६ जना पक्राउ

शनिवार, जेठ ५ २०८१
शनिवार, जेठ ५ २०८१
  • ललितपुरमा चोरीमा संलग्न सुन र मोबाइल पसलका सञ्चालकसहित ६ जना पक्राउ

    काठमाडौं । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीको घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । 

    गत वैशाख ७ गतेदेखि ९ गतेको बिचमा नवराज गुरुङको घरमा कोही पनि नभएको समयमा सुन–चाँदीका गरगहनाहरू तथा आईफोन लगायतका धनमाल चोरी भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको हो ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ६ का २८ वर्षीय सुवास सुनार, रामेछाप दोरम्बा गाउँपालिका ४ घर भई ललितपुर १५ खुमलटार बस्ने ३७ वर्षीय कमल थापा मगर र ३५ वर्षीय धनलाल थापा मगर, काठमाडौं मुलपानी बस्ने ४१ वर्षीय रेशम बिक, टोखा नगरपालिका ३ का ४१ वर्षीय योगेश डाँगी र सप्तरीको सुरुंगा १४ का मोहम्मद समिर रहेका छन् ।

    पक्राउ परेका डाँगी न्यूरोड ताम्राकार कम्पलेक्सको मोवाइल पसल संचालक हुन् । उनले चोरी भएको मोबाइल किनबेच गरेको प्रहरीले जनाएको छ । समिर पनि मोबाइल किनबेचमा संलग्न भएका हुन् भने रमेश विक सुनचाँदी पसल सञ्चालक हुन् उनले चोरीको गरगहना किनबेच गरेको प्रहरीले जनाएको छ ।

    गुरुङको घरबाट वैशाख ९ गते सुनचाँदीका गरगहनाहरु, नगद तथा आइफोनलगायतका धनमालहरु चोरी भएको थियो ।  उनीहरूलाई बरामद गरिएको सामानहरूसहित आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरी जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij