ट्रयाक खुलेको २६ वर्षपछि कट्टेलचोक–आमाडाँडा सडक कालोपत्र

ट्रयाक खुलेको २६ वर्षपछि कट्टेलचोक–आमाडाँडा सडक कालोपत्र

शनिवार, जेठ ५ २०८१
शनिवार, जेठ ५ २०८१
  • ट्रयाक खुलेको २६ वर्षपछि कट्टेलचोक–आमाडाँडा सडक कालोपत्र

    गोरखा । गोरखा नगरपालिकास्थित कट्टेलचोक–कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्र गर्ने काम सम्पन्न भएको छ । ट्रयाक खुलेको करिब २६ वर्षपछि सो सडकखण्ड कालोपत्र गरिएको हो ।

    गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयले ४ करोड ११ लाख ५६ हजार रुपैयाँको लागतमा कट्टेलचोक–आमाडाँडा सडकखण्ड कालोपत्र गरिएको पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेशप्रसाद सुवेदीले जानकारी दिए। गत वैशाखमा सडक कालोपत्र थालिएको हो । 

    गोरखा नगरपालिका–८ र ९ जोड्ने उक्त सडकखण्ड  २०५५ सालमा निर्माण गरिएको थियो । सडक कालोपत्र गरिएपछि जनजीवन सहज भएको स्थानीय शान्ता कट्टेलले बताए । 

    “सडक कालोपत्र नहुँदा वर्षौंदेखि कच्ची सडकमा बर्खामा हिलो र हिउँदमा धुलोले हैरानी खेप्दै आएका थियौँ”, उनले भने । पक्की सडक निर्माणपछि कृषिउपज बजारसम्म पुर्याउन सहज भएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij