काठमाडौं । इजरायलले हमासद्वारा बन्धक बनाइएकामध्ये ३ जनो शव फेला परेको जनाएको छ । शव फेला परेकामा शानी लुक, अमित बुस्किला र इत्जाक रहेका छन् ।
अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । यस आक्रमणमा १२ सय मानिस मारिएका थिए । त्यसपछि हमास लडाकुहरूले गाजामा २५२ जनालाई बन्धक बनाएका थिए। यसको जवाफमा गाजा र वेस्ट बैंकमा इजरायली सैन्य कारबाहीमा हालसम्म ३४ हजारभन्दा बढी मानिस मारिएका छन् ।
हमासले गत ७ अक्टोबरमा इजरायलमा आक्रमण गरेपछि २ सय ५२ जनालाई बन्धक बनाएकामध्ये १ सयभन्दा बढीलाई रिहा गरेपनि बाँकी १ सय २५ जना अझै पनि हमासकै कब्जामा छन् । बाँकीमध्ये कति जना जीवित छन् भन्ने थाहा हुन सकेको छैन ।
तीन जनाको शव फेला परेका मध्ये एक जर्मनीकी शानी लुक हुन्। शानी जर्मनीकी एक पर्यटक थिइन् जो गाजा सीमा नजिकै आयोजित एक सुपरनोभा संगीत महोत्सवमा भाग लिइरहेकी थिइन्।