काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका—९, मनमैजुमा एक जना प्रहरी जवान मृत फेला परेका छन् ।
ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको शव शंकास्पद अवस्थामा फेला परेका हुन् ।
हिजो बिहीबार ड्युटी सकेर निस्किएका प्रहरी जवान घिमिरे मृत भेटिएको खबर शुक्रबार अपराह्न प्रहरीकहाँ आएको हो। उनको शव मनमैजुस्थित निर्माणाधीन घरको तल भेटिएको हो।
खोटाङ घर भएका घिमिरे सामाखुशीमा बस्दै आएका थिए । मनमैजुसम्म उनी कसरी पुगे भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।