भक्तपुरका गोकुल थापाद्वारा मकालु हिमाल सफलतापूर्वक आरोहण

भक्तपुरका गोकुल थापाद्वारा मकालु हिमाल सफलतापूर्वक आरोहण

शुक्रवार, जेठ ४ २०८१
शुक्रवार, जेठ ४ २०८१
  • भक्तपुरका गोकुल थापाद्वारा मकालु हिमाल सफलतापूर्वक आरोहण

    भक्तपुर। गोकुल थापाले सङ्खुवासभामा रहेको ८ हजार ४६३ मिटर उचाईको मकालु हिमाल सफलतापूर्वक आरोहण गरेका छन् । विश्वको पाँचौँ अग्लो तथा नेपालको चौथो अग्लो मकालु हिमाल उनले सफलतापूर्वक आरोहण गरेका हुन् । 

    मौसममा प्रतिकुलताका बावजुद वैशाख ३० गते मकालुको शिखरमा पुगिएको थापाले बताए । मकालुको सफल आरोहणसँगै आफूले आरोहण गरेका ८ हजार मिटर भन्दा धेरै उचाइ भएका हिमालको सूचीमा अर्को एउटा थपिएको उनले बताए । 

    उनले शिखर आरोहणपूर्व आरोहणका क्रममा आइपर्ने समस्या, खतरा आदिका बारेमा शतर्क गराएकोमा निर्मल पुर्जा ९निम्स दाई०, फुर्वा सोनाम शेर्पा लगायतलाई धन्यवाद दिएका छन् । 

    थापाले यसअघि विश्वको सार्वोच्च शिखर सगरमाथा, आठौं अग्लो शिखर – ‘किलर माउन्टेन’ मानिने मनास्लु, आमा दब्लम लगायतका हिमाल आरोहण गरिसकेका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij