नक्कली लाइसेन्स प्रकरणमा थप २ जना नियन्त्रणमा, पक्राउ पर्नेकाे संख्या ११

नक्कली लाइसेन्स प्रकरणमा थप २ जना नियन्त्रणमा, पक्राउ पर्नेकाे संख्या ११

बिहिवार, जेठ ३ २०८१
बिहिवार, जेठ ३ २०८१
  • नक्कली लाइसेन्स प्रकरणमा थप २ जना नियन्त्रणमा, पक्राउ पर्नेकाे संख्या ११

    काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । बुधबार इलाका प्रहरी कार्यालय सल्यानमा कार्यरत कम्प्युटर अपरेटर गणेश भण्डारी र बिहीबार काठमाडौंको यातायात व्यवस्था विभागमा कार्यरत कर्मचारी दीपा न्यौपानेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।

    योसँगै नक्कली लाइसेन्स प्रकरणमा पक्राउ पर्नेको संख्या ११ पुगेको सीआईबीले जनाएको छ । 

    यसअघि पक्राउ परेका आईटी इन्जिनियर सुरजप्रकाश अर्याल, इन्जिनियर हरिश भट्ट, शाखा अधिकृत नारायणप्रसाद पाण्डे, लाजरस सुनुवार, प्रदीप सुनार, अजित मिश्र, मिलन बाँस्तोला, बसन्त पाण्डे र बिर्जुकुमार चौधरी प्रहरीको हिरासतमा छन् ।

    यातायात व्यवस्था विभाग र यस मातहत कार्यालयमार्फत अनधिकृत रूपमा सवारी लाइसेन्स जारी हुने गरेको भन्ने गुनासोको आधारमा विभागले अध्ययन थालेको थियो। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij