आलेमगरलाई खेलकुद मन्त्रालयको जिम्मेवारी

आलेमगरलाई खेलकुद मन्त्रालयको जिम्मेवारी

बिहिवार, जेठ ३ २०८१
बिहिवार, जेठ ३ २०८१
  • आलेमगरलाई खेलकुद मन्त्रालयको जिम्मेवारी

    बागमती । बागमती प्रदेश सरकारले बिनाविभागीय मन्त्री रमा आलेमगरलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको छ ।

    प्रदेश सरकार मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी मन्त्री आलेमगरलाई दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का तर्फबाट बागमती सरकारमा मन्त्री भएकी आलेमगर हालसम्म बिनाविभागीय मन्त्री थिइन् । 

    यस्तै बैठकले विश्वविद्यालय संरक्षक समितिको सदस्यमा प्रा डा चन्द्रमणि पौडेल र कृष्ण कटुवाललाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठले बताए । त्यस्तै प्रदेश सरकारी कामकाजको भाषा कार्यान्वयनका लागि सुझाव कार्यदल गठन गर्ने निर्णय भएको उनले बताए ।
     
    बागमती प्रदेश सरकारले गत वैशाख २४ गतेदेखि तामाङ र नेवारी भाषा सरकारी काकाजको भाषा कार्यान्वयन गरेको थियो ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij