काठमाडौंका यी स्थानमा आजदेखि ४ दिनसम्म विद्युत् आपूर्ति बन्द हुने

काठमाडौंका यी स्थानमा आजदेखि ४ दिनसम्म विद्युत् आपूर्ति बन्द हुने

बिहिवार, जेठ ३ २०८१
बिहिवार, जेठ ३ २०८१
  • काठमाडौंका यी स्थानमा आजदेखि ४ दिनसम्म विद्युत् आपूर्ति बन्द हुने

    काठमाडौं । काठमाडौंका केही ठाउँमा आज (बिहीबार) देखि चार दिनसम्म दैनिक ६ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ । विद्युत् प्राधिकरणका अनुसार विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आजदेखि यही जेठ ८ गतेसम्म काठमाडौंका २८ ठाउँमा विद्युत् सेवा कटौती गर्न लागिएको हो ।

    काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजना खरिपाटी भक्तपुरले बिहीबार एक सूचना प्रकाशित गरी विद्युत् कटौती हुने जानकारी गराएको हो । 

    काठमाडौंको नयाँ बजार, क्षेत्रपाटी, भिमसेनस्थान र त्रिपुरेश्वर फिडरबाट वितरित विजुली बिहान ११ बजेदेखि साँझ पाँच बजेसम्म अवरुद्ध हुने जानकारी प्राधिकरणले दिएको छ । जेठ ३ गते नयाँ बजार फिडर अन्तर्गतका खुसिबु, सोह्रखुट्टे, भ्याली कोल्डस्टोर, पिपुल्स डेन्टल अस्पताल क्षेत्रमा विद्युत् अवरुद्ध हुने छ ।

    त्यसैगरी जेठ ५ गते क्षेत्रपाटी फिडर अन्तर्गत पर्ने खुसिबु, सोह्रखुट्टे, भ्याली कोल्डस्टोर, पिपुल्स डेन्टल अस्पताल क्षेत्रमा विद्युत् अवरुद्ध हुने छ । जेठ ५ गते नै टेकु, पुष्पलाल पार्क, ढल्कु, क्षेत्रपाटी चोक, धोबीचौर, ठहिँठी, पकनाजोल, ज्याठा र कान्तिपथ क्षेत्रमा पनि बत्ती जानेछ । 

    त्यसैगरी जेठ ६ गते भिमसेनस्थान फिडर अन्तर्गत पर्ने काठमाडौं १२ नम्बर वडा कार्यालय, ह्युमत, जैसीदेवल, चिगमंगल, भिमसेनस्थान, कास्टमण्डप क्षेत्रमा बत्ता जानेछ । 

    त्यसैगरी जेठ ८ गते भिमसेनस्थान फिडर अन्तर्गत पर्ने काठमाडौं १२ नम्बर वडा कार्यालय, ह्युमत, जैसीदेवल, चिगमंगल, भिमसेनस्थान, कास्टमण्डप क्षेत्रमा बत्ती जानेछ । जेठ ८ गते नै त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने टेकु, पचली भैरव मन्दिर, बम्सीघाट, सवलबहाल, त्रिपुरेश्वर र विश्वनिकेतन स्कुल क्षेत्रमा बत्ती जाने छ । 

    प्राधिकरणले मौसम प्रतिकुल भएमा विद्युत् आपूर्ति बन्द नगरिने जनाएको छ । विद्युत् अवरुद्ध हुँदा हुने असुविधाप्रति प्राधिकरणले ग्राहकसँग क्षमा याचना गरेको छ । 

    ६ दिनसम्म दैनिक बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिशरणको भनाई छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij