मकालु हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु

मकालु हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु

बिहिवार, जेठ ३ २०८१
बिहिवार, जेठ ३ २०८१
  • मकालु हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु

    काठमाडाैं । विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली पर्वतारोहीको मृत्यु भएको छ । संखुवासभा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिक ६० बर्षीय जोनी सालिबा (Jonny Saliba) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएकाे हाे । 

    मकालु गाउँपालिका –२ स्थित मकालु हिमाल आरोहण गर्ने क्रममा ८ हजार तीन सय ५० को उचाईमा पुगेको फ्रान्सेली नागरिक जोनी अचानक विरामी परेका थिए । विरामी परेका फ्रान्सेली नागरिक जोनीलाई ८ हजार एक सय २० मिटरमा तल झार्ने क्रममा आज बिहान ३ बजे मृत्यु भएको हाे । मकालु हिमालको शिखरतर्फ गइरहेका बेला फ्रान्सेली पर्वतारोहीको स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि गाइडले तल झार्ने क्रममा बाटैमा मृत्यु भएको हाे । मृतक पर्वतारोहीको शव निकाल्ने प्रयास भइरहेको छ ।

    फ्रान्सेली पर्वतारोही जोनीको शव हेलिकप्टर मार्फत काठमाडाैं ल्याउने तयारी भइरहेको छ । उनीसँगै गएका अन्य फ्रान्सेली सदस्यहरू सकुशल रहेको बताइएको छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट १२ दिनको पैदल दुरीमा पर्दछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij