पेट्रोल, डिजल र मट्टीतेलको मुल्यमा भारी कटौति, कुनमा कति घट्यो ?

पेट्रोल, डिजल र मट्टीतेलको मुल्यमा भारी कटौति, कुनमा कति घट्यो ?

बुधवार, जेठ २ २०८१
बुधवार, जेठ २ २०८१
  • पेट्रोल, डिजल र मट्टीतेलको मुल्यमा भारी कटौति, कुनमा कति घट्यो ?

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मुल्यमा भारी कटौति गरेको छ ।  निगमले आज रातीदेखि लागु हुनेगरी पेट्रोलमा ७ रुपैयाँ, डिजेल र मट्टितेलमा ५ रुपैयाँले मूल्य घटाएको हो । 

    अब पेट्रोलको मूल्य १७१ रुपैयाँ र डिजेल तथा मट्टितेलको १५४ रुपैयाँ भएको छ । भारतीय आयल कर्पोरेसनबाट बुधबार प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ  । 

    निगमका अनुसार भारतबाट पेट्रोलको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ ७५ पैसा र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ ९ पैसाले घटेर आएको छ  ।

    प्रेस-2081.02.02_page-0001.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij