काठमाडौं । दोलखामा मलामी सवार बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । आज बिहान साढे ८ बजे मेलुङ गाउँपालिका वडा नम्बर १ चिम्टे भन्ने ठाउँमा मलामी सवार बागमती प्रदेश ०१ ०२ च ९८१३ नम्बरका गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । बाँकी घाइतेको स्थानीय स्वास्थ्य संस्थामै उपचार भइरहेको छ ।
स्थानीय टकबहादुर कार्कीको मलामी गएर फर्किरहेका गाउँले दुर्घटनामा परेका हुन् । चालकले ब्रेक फेल हुँदा गाडी दुर्घटनामा परेको बताएका छन् । प्रहरीका अनुसार भने क्षमताभन्दा बढी मानिस बोकेका कारण बलेरोको ब्रेक फेल हुँदा अनियन्त्रित भएर दुर्घटना भएको हो ।