मानव कल्याण समाजकी अध्यक्ष सुमी मानव ‘राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०८१’ द्वारा सम्मानित

मानव कल्याण समाजकी अध्यक्ष सुमी मानव ‘राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०८१’ द्वारा सम्मानित

बुधवार, जेठ २ २०८१
बुधवार, जेठ २ २०८१
  • मानव कल्याण समाजकी अध्यक्ष सुमी मानव ‘राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०८१’ द्वारा सम्मानित

    काठमाडौं । मानव कल्याण समाज (सेवा घर) की संस्थापक अध्यक्ष सुमी मानव ‘राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०८१’ द्वारा सम्मानित भएकी छिन् । राष्ट्रिय युवा संघको ३५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनी युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएकी हुन् ।

    कार्यक्रममा प्रमुख अतिथि ईश्वर पोखरेल, विशिष्ट अतिथि महेश बस्नेत र सभापति क्षितिज थेवेले राष्ट्रिय सभा गृहमा आज सम्पन्न विशेष समारोहका बीच ५१ हजार रुपैयाँको चेक सहित सम्मान पत्रले सम्मान गरेका हुन् । 

    मानव कल्याण समाज विगत ६ वर्षदेखि सडकमानव तथा असाहाय र बेसहारालाई खाना, नाना र छाना दिँदै आएको छ । उक्त संस्थाले हाल ६ शाखाबाट करिब ४०० जनालाई सेवा दिईरहेको छ । 

    sumi manav 2.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij