शिक्षकलाई मासिक रूपमा तलब दिने सरकारको घोषणा

शिक्षकलाई मासिक रूपमा तलब दिने सरकारको घोषणा

मंगलवार, जेठ १ २०८१
मंगलवार, जेठ १ २०८१
  • शिक्षकलाई मासिक रूपमा तलब दिने सरकारको घोषणा

    काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको तलब मासिकरुपमा भुक्तानी गर्ने घोषणा गरेको छ ।  आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी दिएका हुन् । 

    शिक्षकहरूले हाल त्रैमासिक रूपमा तलब भुक्तानी पाउँदै आएका छन् ।  शिक्षकको क्षमता अभिवृद्धिका लागि छात्रवृत्ति तथा नेतृत्व विकासको तालिम दिइने सरकारको योजना रहेको छ । 

    उनले शिक्षकलाई राजनीक दलको सदस्यता हुन नदिने कानुनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताएका छन् । त्यस्तै सरुवा बढुवा लगायतका विषयमा एकीकृत सूचना प्रणालीबाट गरिने राष्ट्रपति पौडेलले बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij