२०औँ एसियाली खेलकुद : अफगानिस्तानमाथि नेपालको शानदार जित

२०औँ एसियाली खेलकुद : अफगानिस्तानमाथि नेपालको शानदार जित

शुक्रवार, आश्विन ९ २०८३
शुक्रवार, आश्विन ९ २०८३
  • २०औँ एसियाली खेलकुद : अफगानिस्तानमाथि नेपालको शानदार जित

    काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानमाथि ५ विकेटको शानदार जित निकालेको छ । जापानको आइचीस्थित कोरोगी स्पोर्ट्स पार्कमा भएको खेलमा अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।

    नेपालको जितमा सन्दीप जोराले सर्वाधिक ३४ रन बनाए । कप्तान रोहित पौडेल ३३ रनमा अविजित रहे भने दीपेन्द्रसिंह ऐरीले १५ रनको योगदान दि ए।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन बनाएको थियो । उसका लागि फेसल शिनोजादाले ३३, नजिबुल्लाह जाद्रानले ३० र नङ्गेलिया खरोटेले १७ रन बनाए ।

    बलिङतर्फ नेपालका कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले ३ विकेट लिए ।

    नेपाल समूह ‘ए’ मा अफगानिस्तान र आयोजक जापानसँगै रहेको छ । अफगानिस्तानले यसअघि जापानलाई पराजित गरिसकेको छ । नेपालले समूह चरणको अन्तिम खेल शनिबार जापानसँग खेल्नेछ । समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन्, जहाँ नेपालले भारत वा श्रीलंकामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्ने सम्भावना छ ।

    यसअघि भएको एसियाली खेलकुदमा पनि नेपाल क्वार्टरफाइनल पुगेको थियो, जहाँ भारतसँग पराजित भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij