रास्वपाको नयाँ नेतृत्व चयन : रवि सभापति, स्वर्णिम उपसभापति, ९९ केन्द्रीय सदस्य निर्वाचित

रास्वपाको नयाँ नेतृत्व चयन : रवि सभापति, स्वर्णिम उपसभापति, ९९ केन्द्रीय सदस्य निर्वाचित

शनिवार, आषाढ १३ २०८३
शनिवार, आषाढ १३ २०८३
  • रास्वपाको नयाँ नेतृत्व चयन : रवि सभापति, स्वर्णिम उपसभापति, ९९ केन्द्रीय सदस्य निर्वाचित

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। महाधिवेशनले निर्वाचन प्रक्रियामार्फत ७ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचित गरेको हो।

    पार्टीको सभापतिमा रवि लामिछाने सर्वसम्मत चयन भएका छन्। उपसभापतिमा स्वर्णिम वाग्ले, महिला उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिन कुमार आचार्य तथा सहमहामन्त्रीमा हरि ढकाल, असिम शाह र महिला सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित भएका छन्।

    निर्वाचित नेतृत्वमध्ये सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्ले सर्वसम्मत चयन भएका हुन् भने अन्य पदाधिकारी निर्वाचनबाट चयन भएका हुन्।

    महाधिवेशनले राष्ट्रिय खुला, खस/आर्य, आदिवासी/जनजाति, मधेशी, दलित, थारु, मुस्लिम तथा सातै प्रदेशका प्रादेशिक क्लस्टरबाट गरी ९९ जना केन्द्रीय सदस्य पनि निर्वाचित गरेको छ।

    राष्ट्रिय खुला क्लस्टरबाट डा. स्वर्णिम वाग्ले, सोविता गौतम, शिशिर खनाल, सागर ढकाल, डा. तोसिमा कार्की, रञ्जु दर्शना, मनिष झा, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, विपिन कुमार आचार्य, रमेश प्रसाईं, विराजभक्त श्रेष्ठ, निशा डाँगी, इन्दिरा राना मगर, गणेश पराजुली, पुकार बमसहित ३२ जना निर्वाचित भएका छन्।

    यस्तै, खस/आर्य समूहबाट १०, आदिवासी/जनजाति समूहबाट ९, मधेशी समूहबाट ५, दलित समूहबाट ४, थारु समूहबाट २, मुस्लिम समूहबाट २ तथा सातै प्रदेशका प्रादेशिक क्लस्टरबाट ३५ जना केन्द्रीय सदस्य चयन भएका छन्।

    महाधिवेशनपछि पार्टीको विधानअनुसार सभापति रवि लामिछानेले वरिष्ठ नेता १, उपसभापति १, महामन्त्री १, प्रवक्ता १, सहप्रवक्ता ३, कोषाध्यक्ष १ र सहकोषाध्यक्ष २ गरी थप १२ जना पदाधिकारी मनोनीत गर्ने व्यवस्था रहेको छ। यससँगै रास्वपाले नयाँ केन्द्रीय नेतृत्व चयन गर्दै प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको छ।

    पदाधिकारी

    सभापति: रवि लामिछाने
    उपसभापति: स्वर्णिम वाग्ले
    उपसभापति (महिला): सोविता गौतम
    महामन्त्री: विपिन कुमार आचार्य
    सहमहामन्त्री: हरि ढकाल
    सहमहामन्त्री: असिम शाह
    सहमहामन्त्री (महिला): निशा डाँगी

    केन्द्रीय सदस्य
    राष्ट्रिय खुला (३२)

    १. डा. स्वर्णिम वाग्ले
    २. सोविता गौतम
    ३. शिशिर खनाल
    ४. सागर ढकाल
    ५. डा. तोसिमा कार्की
    ६. रञ्जु दर्शना
    ७. मनिष झा
    ८. हरि ढकाल
    ९. कविन्द्र बुर्लाकोटी
    १०. विपिन कुमार आचार्य
    ११. रमेश प्रसाईं
    १२. विराजभक्त श्रेष्ठ
    १३. निशा डाँगी
    १४. इन्दिरा राना मगर
    १५. गणेश पराजुली
    १६. पुकार बम
    १७. जगदीश खरेल (ललितपुर)
    १८. सुलभ खरेल
    १९. यज्ञमणि न्यौपाने
    २०. प्रमोद न्यौपाने
    २१. सस्मित पोखरेल
    २२. रिमा विश्वकर्मा
    २३. राजुनाथ पाण्डे
    २४. राजीव खत्री
    २५. समीक्षा बास्कोटा
    २६. गणेश कार्की
    २७. खगेन्द्र सुनार
    २८. असिम साह
    २९. हिमेश पन्त
    ३०. जगदीश खरेल (दोलखा)
    ३१. गीता चौधरी
    ३२. लिमा अधिकारी आचार्य

    खस/आर्य समूह (१०)

    १. सुशान्त वैदिक (पुरुष)
    २. सुदीप ढकाल (पुरुष)
    ३. हेमराज भट्ट (पुरुष)
    ४. प्रदीप विष्ट (पुरुष)
    ५. डिल्लिश्वर कार्की 'रोहन' (पुरुष)
    ६. प्रकृति ढकाल (महिला)
    ७. टिका संग्रौला 'ज्वाला' (महिला)
    ८. क्रान्तिशिखा धिताल (महिला)
    ९. जमुना शर्मा (महिला)
    १०. सुशिला कार्की पोख्रेल (महिला)

    आदिवासी/जनजाति समूह (९)

    १. मिलन लिम्बु (पुरुष)
    २. शंकर श्रेष्ठ (पुरुष)
    ३. मिङ्मा डण्डु शेर्पा (पुरुष)
    ४. महेश लामा (पुरुष)
    ५. कृष्णमान श्रेष्ठ (पुरुष)
    ६. आशिका तामाङ (महिला)
    ७. अनुष्का श्रेष्ठ (महिला)
    ८. निशा श्रेष्ठ (महिला)
    ९. कुसुम महर्जन (महिला)

    मधेशी समूह (५)

    १. बब्लु गुप्ता (पुरुष)
    २. अरविन्द साह (पुरुष)
    ३. दिपक कुमार साह (पुरुष)
    ४. जुली यादव (महिला)
    ५. कामिनी कुमारी चौधरी (महिला)

    दलित समूह (४)

    १. विजय जैरु (पुरुष)
    २. शिव नेपाली (पुरुष)
    ३. सविना वि.क. (महिला)
    ४. खिमा बि.क. (महिला)

    थारु समूह (२)

    १. करिश्मा कठरिया (महिला)
    २. अशोक कुमार चौधरी (पुरुष)

    मुस्लिम समूह (२)

    १. समिना मिया (महिला)
    २. रहबर अन्सारी (पुरुष)

    प्रादेशिक क्लस्टर (३५)

    कोशी प्रदेश
    १. निशा मेहता
    २. विश्वराज पोखरेल
    ३. शोभा कार्की
    ४. कल्पना थापा
    ५. सुजाता तामाङ

    मधेश प्रदेश
    १. सुस्मा बस्नेत
    २. सुनिता कुमारी चौधरी
    ३. नमिता यादव
    ४. मञ्जु सिंह
    ५. अंकित कुमार यादव

    बागमती प्रदेश
    १. प्रभा ढकाल
    २. विदुषी राणा
    ३. आकांक्षा पोखरेल
    ४. अनिता श्रेष्ठ
    ५. पार्वती थापा

    गण्डकी प्रदेश
    १. पवित्रा थापा
    २. मनिष खनाल
    ३. सागर भुसाल
    ४. सोम शर्मा
    ५. विष्णु कुमारी गुरुङ (एकता)

    लुम्बिनी प्रदेश
    १. कल्पना पाण्डे
    २. संगिता ढकाल
    ३. ज्ञानु पौड्याल
    ४. देवराज पाठक
    ५. शर्मिला खनाल

    कर्णाली प्रदेश
    १. सिता बादी
    २. विनिता कठायत
    ३. टासी ल्हाइगजोम
    ४. मेनुका शाही
    ५. प्रकाश न्यौपाने

    सुदूरपश्चिम प्रदेश
    १. हेमराज थापा
    २. के.पी. खनाल
    ३. दीपक राज बोहरा
    ४. जानीका जोशी
    ५. चन्द्रा ऐर चाँदनी

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij