काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा अपराह्न साढे ५ बजेसम्म ५ हजार ६३३ मत खसेको छ। निर्वाचन समितिका अनुसार बागमती प्रदेशमा सबैभन्दा बढी १ हजार २२५ मत खसेको छ।
त्यस्तै, सुदूरपश्चिम र कर्णालीबाट समान ९८२, कोशीबाट ९४३, मधेशबाट ९००, लुम्बिनीबाट ८६० र गण्डकीबाट ७२३ मत खसेको छ। निर्वाचन समितिका अनुसार मतदान निर्वाध रूपमा सञ्चालन भइरहेको छ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा महाधिवेशन प्रतिनिधिहरूले नयाँ कार्यसमिति चयन गर्न मतदान गरिरहेका छन्। मत दिनेहरूले ७ बजेसम्म मतदानस्थलमा उपस्थित भइसक्नुपर्ने जनाइएको छ।