कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

शनिवार, आश्विन २४ २०८३
शनिवार, आश्विन २४ २०८३
  • कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

    काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । पार्टीको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै सभापति पदमा निर्वाचित भएका हुन् ।

    सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन् । निर्वाचनमा कुल ७ हजार १३ मत खसेकोमा ५४ मत बदर भएको छ ।

    कुल खसेको मतमध्ये थापाले ९३.८८ प्रतिशत मत प्राप्त गरेका छन् । खड्गीले ५.३५ प्रतिशत मत पाउँदा ०.७७ प्रतिशत मत बदर भएको छ । थापाले खड्गीभन्दा ६ हजार २०९ मत बढी प्राप्त गरेका हुन् ।

    यसअघि कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थापा पार्टीभित्र नेतृत्व परिवर्तन र संगठनात्मक सुधारको अभियानमा सक्रिय थिए । उनीसहितका नेताहरूको पहलमा आयोजित विशेष महाधिवेशनले थापालाई सभापतिमा चयन गरेको थियो ।

    विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भएपछि कांग्रेसभित्र पार्टीको वैधानिकता, संगठनात्मक संरचना र नेतृत्वसम्बन्धी विषयमा बहस भएको थियो । त्यसपछि सम्पन्न १५औँ महाधिवेशनको निर्वाचनबाट थापा सभापतिमा विजयी भएका हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij