दिल्लीमा ‘कक्रोच जनता पार्टी’को प्रदर्शन आज, शिक्षामन्त्रीको राजीनामा माग

दिल्लीमा ‘कक्रोच जनता पार्टी’को प्रदर्शन आज, शिक्षामन्त्रीको राजीनामा माग

शनिवार, जेठ २३ २०८३
शनिवार, जेठ २३ २०८३
  • दिल्लीमा ‘कक्रोच जनता पार्टी’को प्रदर्शन आज, शिक्षामन्त्रीको राजीनामा माग

    काठमाडौं । भारतको चर्चित अनलाइन अभियान ‘कक्रोच जनता पार्टी’ (सिजेपी) ले आज नयाँदिल्लीमा विरोध प्रदर्शन गर्ने भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार पार्टीले शिक्षामन्त्री धर्मेन्द्र प्रधानविरुद्ध शान्तिपूर्ण प्रदर्शनको तयारी गरेको हो ।

    सामाजिक सञ्जालमार्फत तीव्र रूपमा लोकप्रिय बनेको सिजेपीका संस्थापक अभिजीत डिप्के प्रदर्शनका लागि अमेरिकाबाट भारत पुगेका छन् । बोस्टन विश्वविद्यालयबाट स्नातक ३० वर्षीय डिप्केले अनलाइन अभियानमार्फत युवाको समर्थन जुटाउँदै आएका छन् ।

    यसअघि राजनीतिक सञ्चार रणनीतिकारका रूपमा आम आदमी पार्टीसँग आबद्ध रहेका डिप्केले गत मे १६ मा व्यङ्ग्यात्मक शैलीमा ‘कक्रोच जनता पार्टी’ स्थापना गरेका थिए ।

    भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्यकान्तले केही युवालाई आलोचनात्मक रूपमा ‘कक्रोच’ र ‘परजीवी’ भनेपछि त्यसको प्रतिक्रियास्वरूप यो अभियान सुरु भएको बताइएको छ । त्यसयता सिजेपीले सामाजिक सञ्जालमा उल्लेखनीय चर्चा र समर्थन प्राप्त गरेको छ ।

    पार्टीले विभिन्न राष्ट्रिय परीक्षामा अनियमितता भएको आरोप लगाउँदै शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आएको छ । प्रदर्शनका क्रममा ठूलो भीड नगर्न डिप्केले समर्थकहरूलाई आग्रह गरेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    शैक्षिक सुधार र वातावरण संरक्षणका अभियन्ता सोनाम वाङचुक पनि आजको प्रदर्शनमा सहभागी हुन सक्ने बताइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij