भारतमा विमान दुर्घटना, महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित ५ जनाको मृत्यु

भारतमा विमान दुर्घटना, महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित ५ जनाको मृत्यु

बुधवार, माघ १४ २०८२
बुधवार, माघ १४ २०८२
  • भारतमा विमान दुर्घटना, महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित ५ जनाको मृत्यु

    काठमाडौं । भारतमा प्लेन दुर्घटना हुँदा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित ५ जनाको मृत्यु भएको छ । बारामतीमा विमान दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

    बिहान ८ः४५ बजे मुम्बईबाट बारामतीका लागि उडेको चार्टर विमान अवतरणक्रममा दुर्घटना भएको थियो ।

    पवारका सहयोगीका अनुसार बारामती विमानस्थल नजिकै भएको दुर्घटनामा उपमुख्यमन्त्री पवार गम्भीर घाइते भएका थिए । उपचारको क्रममा उनको निधन भएको हो । 

    उनी जिल्ला परिषद् चुनावका सन्दर्भमा आयोजित जनसभालाई सम्बोधन गर्न त्यहाँ प्रस्थान गरेका थिए । विमानमा उनीसँगै केही सुरक्षाकर्मी र उच्च अधिकारी रहेको बताइएको छ ।

    न्यूज एजेन्सी एएनआईका अनुसार विमान दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij