उदयपुरको ट्रक दुर्घटनामा दुई जनाको मृत्युु

उदयपुरको ट्रक दुर्घटनामा दुई जनाको मृत्युु

आइतवार, माघ ४ २०८२
आइतवार, माघ ४ २०८२
  • उदयपुरको ट्रक दुर्घटनामा दुई जनाको मृत्युु

    गाईघाट । उदयपुरमा ट्रक दुर्घटना हुंदा दुई जनाको मृत्युु भएको छ । प्रहरीका अनुसार, जिल्लाको उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित मदन भण्डारी लोकमार्गमा आइतबार अपराह्न ट्रक दुर्घटना भएको हो। 

    दुर्घटनामा मृत्यु भएका दुवैको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। मृतक ट्रकका चालक र सहचालक भएको प्रहरीको भनाइ छ। 

    कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–०१ ख ०५०५ नम्बरको ट्रक आफैं अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल अधेरी खोलामा खसेको जनाइएको छ । दुर्घटनास्थलबाट गम्भीर अवस्थामा उद्धार गरिएका उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल गाईघाट लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij