एसएसपी सरूवा, अपराध महाशाखामा शन्तोष खड्का, एयरपोर्टमा रजौरे

एसएसपी सरूवा, अपराध महाशाखामा शन्तोष खड्का, एयरपोर्टमा रजौरे

आइतवार, माघ ४ २०८२
आइतवार, माघ ४ २०८२
  • एसएसपी सरूवा, अपराध महाशाखामा शन्तोष खड्का, एयरपोर्टमा रजौरे

    काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरूवा भएको छ। प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले शुक्रबार ११ जना एसएसपीको सरूवा गरेको हो। 

    सरूवा शुचि अनुसार, शन्तोष खड्का काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखा प्रमुखमा सरूवा भएका छन् । त्षस्तै वसन्त रजौरे त्रिभुवन विमानस्थल शुरक्षा कार्यालयको प्रमुख बनेका छन् । 

    त्यसैगरी एसएसपी केदार खनालको नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, दीपक पोखरेलको प्रदेश कार्यालय भैरहवामा सरूवा भएको छ । त्यस्तै  दीप शमशेर जबराको प्रहरी महानिरीक्षकको सचिवालय, नान्तिराज गुरूङ बागमती प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा पुगेका छन् । 

    त्यसैगरी विमलराज कँडेलको प्रधान कार्यालयको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय,महेन्द्र खड्काको प्रधान कार्यालय कानुन तथा मानव अधिकार महाशाखा र रमेश कुमार बस्नेतलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा रानिपोखरीमा सरूवा गरिएको छ।

    89d548e8-8c30-4402-98e4-73730f3e5a22.jfif

    a80f1733-1c21-4f30-858e-a6f7fb481eae.jfif

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij