वामदेव गौतमले आज  राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिने

वामदेव गौतमले आज  राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिने

आइतवार, माघ ४ २०८२
आइतवार, माघ ४ २०८२
  • वामदेव गौतमले आज  राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिने

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता वामदेव गौतमले आज  राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिने भएका छन् । बर्दिया क्षेत्र नम्बर १ मा नेकपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न लागेका कारण गौतमले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिन लागेका हुन् ।

    बर्दिया क्षेत्र नम्बर १ बाट २०४८ सालदेखि निरन्तर चुनावी मैदानमा उत्रिएका तत्कालीन एमालेका उपाध्यक्ष वामदेव गौतम कांग्रेसका पूर्वसभापति एंव पूर्वसिँचाई मन्त्री सञ्जयकुमार गौतमसँग ०७४ मा पराजित भएका थिए । त्यसपछि भने उनी यो क्षेत्रबाट उम्मेदवार बनेका छैनन् ।

    बर्दिया–१ बाट राजनीति गरिरहेका गौतम ०७४ पछि भने बर्दियामा प्रतिनिधिसभा सदस्यको उम्मेदवार भएका थिएनन्। उनी अहिले पुनः बर्दियाको राजनीतिमा सक्रिय बनेका छन् । बर्दिया–१ को बासगढी र गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिका लगायतका स्थान पर्छन ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij