टी–२० विश्वकपको सुपर आठमा पुगे राष्ट्रिय टोलीलाई २० लाख रुपैयाँ दिने घोषणा

टी–२० विश्वकपको सुपर आठमा पुगे राष्ट्रिय टोलीलाई २० लाख रुपैयाँ दिने घोषणा

शनिवार, माघ ३ २०८२
शनिवार, माघ ३ २०८२
  • टी–२० विश्वकपको सुपर आठमा पुगे राष्ट्रिय टोलीलाई २० लाख रुपैयाँ दिने घोषणा

    काठमाडाैं । नेपाली कांग्रेसका नेता एवम् काठमाडाैं मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्माले आईसीसी टी–२० विश्वकपको सुपर आठमा नेपाली क्रिकेट टोली पुगेमा टोलीलाई २० लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

    नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयाेजना गरेकाे विश्वकप खेल्न जाने खेलाडीको बिदाइ कार्यक्रममा आज नेता शर्माले क्रिकेट टोलीको परिवारसहितको उपचारको जिम्मा पनि आफूहरुले लिएको जानकारी दिए । दुई वर्षको लागि क्यानसँग खेलाडी र उनीहरुको परिवारको उपचारका लागि काठमाण्डौ मेडिकल कलेजले सम्झौता गरेको उनले बताए ।

    सम्झौता सकिएपछि फेरि नविकरण गर्ने समेत जानकारी दिए । साथै खेलाडीहरुको व्यवस्थापन र खेलाडीले सन्यास लिए पछि पनि आर्थिक रूपमा सबल बनाउनुपर्नेमा सरकारसँग माग गरेका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij