काठमाडौं । नेपाली कांग्रेस, कोशी प्रदेश कार्यसमितिले उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरेका उम्मेदवारहरूको सूचीमा समावेश डा. नारायण खड्काले आफ्नो नाम हटाइदिन आग्रह गरेका छन् ।
यससम्बन्धी अनुरोधसहित खड्काले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयलाई पत्र पठाएका हुन् । पत्रमार्फत उनले पार्टीको सम्बन्धित निकायलाई आफ्नो चाहनाबारे जानकारी गराइदिन आग्रह गरेका छन् ।
पत्रमा खड्काले कोशी प्रदेश कार्यसमितिबाट प्रतिनिधि सभा सदस्य २०८२ का लागि प्रस्तावित सिफारिस सूचीमा आफ्नो नाम परेकामा त्यसलाई हटाइदिन केन्द्रीय कार्यालयमार्फत आवश्यक पहल गरिदिन अनुरोध गरिएको उल्लेख गरेका छन् ।