आज सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुंदै

आज सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुंदै

शुक्रवार, माघ २ २०८२
शुक्रवार, माघ २ २०८२
  • आज सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुंदै

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय खुल्ने भएको छ। प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन माघ ६ गते हुने भएकाले निर्वाचन आयोगले शुक्रवार सबै निर्वाचन क्षेत्रमा एकैपटक कार्यालय खोल्न लागेको हो ।

    आयोगका सहायक प्रवक्ता सीता श्रीस पुनले आजदेखि १ सय ६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आउने बताइन् । आयोगले प्रत्येक जिल्लामा खटिने ७७ जना मुख्य निर्वाचन अधिकृत तथा ८८ जना निर्वाचन अधिकृतहरू यसअघिनै तोकिसकेको छ। 

    मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई एउटा–एउटा निर्वाचन क्षेत्रको जिम्मेवारी दिइएको ािर्वाचन आयोगले जनाएको छ। जिल्ला न्यायाधीशहरूबाट मुख्य निर्वाचन अधिकृत तोकिएका छन्। त्यस्तै, न्याय सेवाका द्वितीय श्रेणीका अधिकृतहरूलाई निर्वाचन अधिकृत बनाइएको आयोगले जनाएको छ। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij