भक्तपुरमा बसले स्कुटरलाई ठक्कर दिदा एक जनाको मृत्यु

भक्तपुरमा बसले स्कुटरलाई ठक्कर दिदा एक जनाको मृत्यु

बिहिवार, माघ १ २०८२
बिहिवार, माघ १ २०८२
  • भक्तपुरमा बसले स्कुटरलाई ठक्कर दिदा एक जनाको मृत्यु

    काठमाडौँ । भक्तपुरमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका–९ साँगा झोलुङ्गे पुल नजिकै बुधबार दिउँसो यात्रु बसले स्कुटरलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको हो । 

    प्रहरीका अनुसार, बा.प्र. ०१-००६ ख ४८९४ नम्बरको बस र बा.प्र.०२-०४५ प १४२१ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा काठमाडौँ बुढानिलकण्ठका ६० वर्षीय दिल बहादुर ठकुरीको मृत्यु भएको हो। ठकुरीको भक्तपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । 

    सोहि घट्नामा घाइते भएका स्कुटर चालकको सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij