कांग्रेसलाई एकताबद्ध राख्ने प्रयास सफल हुन सकेन : नेता डा कोइराला

कांग्रेसलाई एकताबद्ध राख्ने प्रयास सफल हुन सकेन : नेता डा कोइराला

बिहिवार, माघ १ २०८२
बिहिवार, माघ १ २०८२
  • कांग्रेसलाई एकताबद्ध राख्ने प्रयास सफल हुन सकेन : नेता डा कोइराला

    काठमाडौं ।  नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई एकताबद्ध राख्ने प्रयास सफल हुन नसकेको बताएका छन्। 

    नेता डा कोइरालाले आज एक विज्ञप्ति जारी गरी कांग्रेसलाई एकताबद्ध राख्ने आफ्नो प्रयास सफल हुन नसकेको र यस घटनामा संलग्न हामी सबै चुकेको बताए । डा कोइरालाले कांग्रेस एक भएर आसन्न निर्वाचनमा होमिनुपर्छ भन्ने सोचका साथ इमानदार प्रयास गरे पनि विभाजनबाट पार्टीलाई जोगाउन नसकेकामा दुःख व्यक्त गरे । 

    उनले आगामी दिनमा आफ्नोसामु आसन्न निर्वाचनमा जाने र आठ दशक लामो कांग्रेस इतिहासको गौरवलाई जोगाउने जिम्मेवारी रहेको बताए । नेता डा कोइरालाले अहिलेको विषम परिस्थितिमा पार्टीभित्र एकताको खाँचो रहेको उल्लेख गर्दै सुदृढ कांग्रेसका पक्षमा एक हुन अनुरोध गरे। 

    नेता डा कोइरालाले पार्टीभित्र गर्नुपर्ने सुधारका प्रक्रिया नरोकिने भन्दै सबैलाई आफ्नो घरमा फर्कन विज्ञप्तिमार्फत आह्वान गरेका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij