अवैध कल बाइपास गर्ने ७  चिनियाँ नागरिक पक्राउ

अवैध कल बाइपास गर्ने ७  चिनियाँ नागरिक पक्राउ

बुधवार, पौष ३० २०८२
बुधवार, पौष ३० २०८२
  • अवैध कल बाइपास गर्ने ७  चिनियाँ नागरिक पक्राउ

    काठमाडौं । अवैध कल बाइपास गर्ने सात जना चिनियाँ नागरिक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भीओआइपीमा प्रयोग गरिने उपकरणसहित उनीहरूलाई काठमाडौंबाट पक्राउ गरेको हो । 

    पक्राउ पार्नेमा ३३ वर्षीय लेउ फान, ३ वर्षीया काउ झिकुन, ४१ वर्षीय लेउ चियान्वे, ४१ वर्षीय तु स्वाङसङ, ३८ वर्षीय फ्वाङ खाङ, ४९ वर्षीय छाइ चिसिङ र ४२ वर्षीय चाङ हाउ रहेका छन्। ब्युरोका अनुसार उनीहरूलाई काठमाडौंको ज्याठाबाट पक्राउ गरिएको हो। 

    एक होटलमा अवैधरूपमा अन्तर्राष्ट्रिय कल बाइपास गर्ने गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको बताइएको छ। उनीहरूविरुद्ध दूरसञ्चार ऐन २०५३ अन्तर्गतको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij